जलपाइगढी: आज जलपाइगढी शहरको क्लब रोडमा दुर्गा पूजा कार्निवल आयोजना गरिनेछ। पूजा कार्निवललाई मध्यनजर गर्दै जिल्ला प्रशासनको पहलमा बिहीबार बिहानैदेखि सहर सरसफाइको काम निरन्तर चलिरहेको छ। जलपाइगढी सहरलाई पूजा कार्निवलको अवसरमा सजाइएको छ। पुजा समितिहरू आज दिउँसो ३ बजी नगरको पीडब्लुडी मोडमा भेला हुनेछन् र ४ बजीमा जुलुस हुलाक कार्यालय मोड़ हुँदै गान्धी मोडमा क्लब रोड पुग्नेछ। समारोह यहाँ हुन लागेको हो । यहाँ स्टेज बाधाको काम लगभग पूरा भएको छ। कार्यक्रमको अन्त्यमा क्लब रोड हुँदै नगरको कार्ला खोलाको राजासाहेब घाटमा मूर्तिलाई विसर्जन गरिने छ।

यस कार्निभलमा कूल १६ पुजा समितिको सहभागिता रहने जिल्ला प्रशासन स्रोतले जनाएको छ। यस कार्यक्रमलाई सफल बनाउन जलपाइगढी नगरपालिका, पुलिस र जिल्ला प्रशासन पूर्ण रुपमा लागेका छन्। पूजा कार्निवलमा भाग लिने पूजा समितिहरूमध्ये जलपाईगढी नगरपालिकाले उत्कृष्ट तीन पूजा समितिलाई पुरस्कृत गर्ने नगरपालिका अध्यक्ष पपिया पालले बताए।