सिलगढी: पुलिसले २५ गाई बंगलादेशमा तस्करी गर्नुअघि नै नियन्त्रणमा लिएको छ। तर गाई बोकेको गाडीका चालक पुलिसलाई चकित पारेर भागेका थिए। उल्लेखनीय छ गोप्य स्रोतबाट सूचना पाएपछि पुलिसले छापा मारेर तस्करीका लागि लैजाँदै गरेको २५ गाई बरामद गरेको थियो। घोषपुकुर चौकी पुलिसले बिहीबार बिहान पिकअप भ्यानमा रहेका गाईलाई उद्धार गरेको हो। फाँसीदवाबाट बंगलादेशमा गाई तस्करी हुने गरेको खुलासा भएको छ। पुलिसले घोषपुकुर टोल प्लाजा नजिक छापा मारेर गाईलाई मुक्त गरेको छ। तर पुलिस कारबाही अघि कार चालक घटनास्थलबाट भाग्न सफल भएका थिए। पुलिसले गाईलाई बचाएर फुलबारी खोवार पठाएको थियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।