कालचिनी: भारत स्काउट्स एण्ड गाइड्सको एयर विंग्स द्वारा आज कालचिनी चौपतिबाट सेन्ट्रल डुवर्स चियाबारीको बासरा डिभिजनसम्म जम्मा १६ किलोमीटरको पैदल यात्रा ओभरनाइट हाइकिङ कार्यक्रम अन्तर्गत सम्पन्न भएको जानकारी भारत स्काउट्स एण्ड गाइड्स एयर विंग्सको प्रभारी घनश्याम उराँवले दिएका छन।
मूलतः राज्यपाल पुरस्कार सिलेबसको निम्ति यो कार्यसूची ग्रहण गर्दै भारत स्काउट्स एण्ड गाइड्सको एयर विंग्सका जम्मा १५ जना युवा सदस्यहरुले आज उक्त ओभरनाइट हाइकिङमा सहभागिता लिएको थियो भने कालचिनी चौपति बजारबाट भारत स्काउट्स एण्ड गाइड्स एयर विंग्सका प्रभारी घनश्याम उराँवको नेतृत्वमा हाइकिङ शुरु गरिएको थियो।
हाइकिङ गर्दै हिँड़ने क्रममा बाटोमा घुम्ती र जंगल क्षेत्रमा कम्पास द्वारा दिशा मापन गर्दै अक्षांश र देशान्तर डिग्री नोट गर्ने कार्य ओभरनाइट हाइकिङ गर्ने भारत स्काउट्स एण्ड गाइड्स एयर विंग्सका सदस्यहरुले सिकेको बताएका छन।
भारत स्काउट्स एण्ड गाइड्स एयर विंग्सका प्रभारी घनश्याम उराँवले सिलेबस अनुसार आज ओभरनाइट हाइकिङ कार्यक्रमा १० किलोमीटरको पैदल यात्रा सगभागी स्काउट्स र गाइड्सहरूले पुरा गरेको र आज सेन्ट्रल डुवर्स चियाबारीको बासरा डिभिजनमा पुगेर ट्यान्ट बनाएर तयार गरेपछि साँझ क्याम्प फायर सम्पन्न गरिएको जनाएका छन।










