दशैंको अवसरमा सभासद श्याम शेर्पाद्वारा बिमारीहरू र वृध्दा आश्रमका वृध्द वृध्दाहरूलाई खाना वितरण

IMG-20231026-WA0162.jpg

खरसाङ: खरसाङ चिमनी देवराली समष्टीको सभासद श्याम शेर्पाद्वारा दशैंको अवसरमा खरसाङको टिभी सेनिटोरियम र खहरेस्थित वृध्दाश्रममा गएर खानाहरू वितरण गरेका छन्। प्रत्येक वर्ष सभासद श्याम शेर्पाले दशैंको अवसरमा दुवै ठाउँमा गएर बिमारीहरू र वृध्द वृध्दाहरूलाई खाना वितरणक गर्नुको साथै सहयोग गर्ने गरेका छन्। यसपालीको दशैंको अवसरमा पनि उनले उक्त कार्यलाई निरन्तरता दिएका छन्।

यसपाली सभासद श्याम शेर्पा सर्वप्रथम खरसाङको टिभी सेनिटोरियम पुगेर बिमारीहरूलाई दशैंको उपलक्ष्यमा खाना वितरण गरेका छन्। उनले यहाँ रहेका जम्मा ७ जना बिमारीहरूलाई भेट गरी खाना वितरण गरेका छन्। त्यसरी नै खरसाङको खहरेस्थित सहयोगी हातद्वारा सञ्चालित वृध्दाश्रममा पुगेर त्यहाँ रहेका 6 वृध्द वृध्दाहरूलाई भेट गरी दशैंको अवसरमा खानाहरू वितरण गरेका छन्। यस वृध्दा आश्रममा पनि उनी वर्षेनी आउने गरेका छन्। यस अवसरमा बोल्दै सभासद श्याम शेर्पाले दशैंको उपलक्ष्यमा प्रत्येक वर्ष टिभी सेनिटोरियम र खहरेको वृध्दा आश्रममा आउने गरेको र यसपाली आएको बताए। उनले घर परिवारदेखि टाडा़ रहेका बिमारीहरू र वृध्दा आश्रममा रहेका वृध्द वृध्दाहरूसित दशैंको खुशीयाली बाढ्न र आशिर्वाद लिन आउने गरेको पनि बताएका छन्।

उनले जीटीए प्रमुख अनित थापाले आफ्नो परिवार छोडेर यसपाली गत ४ अक्टोबरको दिन टिस्टा नदीमा आएको प्राकृतिक प्रकोपमा परेका पिढीतहरूसित एकसाथ बसेर दशैं मनाएकोमा धन्यवाद पनि दिएका छन्। यस क्रममा खहरेस्थित वृध्दाश्रमकी प्रमुख सुमित्रा राईले सभासद श्याम शेर्पी प्रत्येक वर्ष यहाँ आउने गरेको र यसपाली पनि आएर वृध्द वृध्दाहरूसित दशैं मनाउँदै यसरी सहयोग गरेकोमा आभार प्रकट गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement