काेलकाता: जादवपुर युनिभर्सिटीका छात्रको ऱ्यागिङ्गका कारण भएको मृत्यु मामिलामा पक्रा परेका पूर्व छात्रसहित १२ आरोपित विरूद्ध कोलकाता पुलिसले चार्जशीट दर्ता गरेको छ।
आरोपितहरू विरूद्ध प्रोटेक्शन अफ् चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्स एक्ट अन्तर्गत मामिला दर्ता गरेको छ। नौ अगस्तको घटनापछि मृत छात्रको परिवारले जादवपुर थानामा लिखित शिकायत दर्ता गरेको थियो।
शिकायतमा ऱ्यागिङ्गका साथै हत्याको दाबी गरिएको थियो भने पुलिसले आफ्नो जॉंचमा यसलाई पुष्टि गरेको छ। स्वप्नदीप कुण्डू नामक प्रथम वर्षका छात्रको लुगा खोलेर परेड गराइएको थियो। उनीसॅंग अप्राकृतिक यौन सम्बन्ध बनाउने प्रयास पनि गरिएको थियो। यसबाट उनी आहत बनेका थिए र होस्टेलको चौथो तलाबाट झरेर मृत्यु भएको थियो। मामिलामा विश्वविद्यालयका पूर्व छात्र सौरभ घोषसहित १२ जनालाई पक्राउ गरिएको छ।
अदालत सूत्रहरू अनुसार, आरोप पत्रमा पनि छात्रावासमा पहिलो दिनदेखि छात्रलाई मानसिक र शारीरिक यातना दिइएको कुरा उल्लेख छ। पुलिस सूत्रहरूले आरोप पत्रमा छात्रको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानसिक र शारीरिक उत्पीडन भएको उल्लेख गरिएको बताएको छ, जस कारण छात्रले आत्महत्या गरेका थिए। मामिलामा सप्लीमेन्ट्री चार्जशीट पनि दर्ता गरिने छ।