गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले गुवाहाटी जस्तो शहरमा पानीको पाइपलाइन फुट्नुबाट कसैले रोक्न सक्दैन भनी बताएका छन्। डा. सरमाले भने, पानीको पाइपलाइन क्षतिग्रस्त भएपछि तत्काल स्वीच अफ गर्नु आवश्यक छ।
यदि तपाईहरूले इन्टरनेटमा सर्च गर्नु भयो भने अन्य राज्यहरूमा पनि पाइपलाइन क्षतिग्रस्त भएको पाउनु हुनेछ।
मुख्यमन्त्रीले भने, मुम्बईमा पानी आपूर्ति गर्ने पाइपलाइन क्षतिग्रस्त भएको छ। अन्य राज्यहरू सरह पानीको पाइपलाइनलाई यहॉं पनि क्षति पुगेको छ। गुवाहाटी जस्तो ठूलो शहरमा पानीको पाइपलाइन फुट्नुबाट रोक्नु सम्भव छैन। यदि कसैले पाइपलाइन क्षतिग्रस्त नहोस भन्ने चाहन्छन् भने पानीको आपूर्ति स्थायी रूपमा रोक्नु पर्नेछ।