कोलकता: निजी एप-क्याब कम्पनीको अनुबन्धको अवधि समाप्त भएको छ। उबरले अहिलेसम्म एयरपोर्ट अथोरिटीसित नयाँ कन्ट्रेक्ट साइन गरेको छैन। यस्तोमा उबर अब कोलकता एयरपोर्टको पिक-अप जोनमा टिक्न सक्नेछैन। जसले गर्दा चालकहरूले हतार-हतार टर्मिनल सामू यात्रीहरूलाई उठाईरहेका छन्। यस्तोमा यात्रीहरूलाई सबैभन्दा अधिक समस्याको सामना गर्न परिरहेछ। उबर चालकहरूको भनाई छ, यदि उनीहरू एयरपोर्टमा प्रवेश गरेको तीन मिनटभित्र एयरपोर्टबाट निस्केनन् भने तिनीहरूलाई पुनः प्रवेशको निम्ति अतिरिक्त ६० रूपियाँ दिनपर्नेछ। एप-क्याब कम्पनीलाई पिक-अप जोन अधिकार प्राप्त गर्नका लागि एक निश्चित शुल्कको साथ एयरपोर्ट अथोरिटीको साथ अनुबन्ध गर्नुपर्नेहुन्छ। त्यस अनुबन्ध अन्तर्गत कम्पनीको क्याबले हवाई अड्डाभित्र पार्क गर्नसक्छ र यात्रीहरूलाई निर्दिष्ट पिक-अप जोनबाट लैजानसक्छ। हरेक साल अनुबन्धको नवीनीकरण गर्नपर्नेहुन्छ।
सूत्रहरू अनुसार, गत फरवरीमा उबरले पुरानो नियम र शर्तहरूको साथ अनुबन्धको नवीनीकरणको निम्ति आवेदन गरेको थियो। शर्तहरूमा बदलावपछि जुलाईमा उबरको आवेदन खारेज गरिएको थियो। कम्पनीको अनुबन्ध गत बुधवार समाप्त भएको छ। तबदेखि कम्पनीको क्याबलाई वाणिज्यिक वाहनको आधारमा हवाई अड्डामा सञ्चालित गर्नपरिरहेछ।
उबरको हेल्प डेस्कलाई पनि हालमा हटाइएको छ। एजेन्सीको एक लिखित बयानमा भनिएको छ, एयरपोर्ट अथोरिटी अफ इण्डिया संशोधित नियमहरू र शर्तहरू अनुसार फेरि अनुबन्धको निम्ति आवेदन गर्ने प्रक्रिया चलिरहेछ। तर जबसम्म अनबुन्धको नवीनीकरण हुँदैन तबसम्म क्याब चालकहरू र यात्रीहरूलाई समस्याहरूको सामना गर्न पर्नसक्छ।