नयाँ दिल्ली: बलिवुडकी नायिका कंगना रनौतको आउँदो फिल्म ‘तेजस’ रिलिज हुँदैछ। यसको लागि उनले प्रचारप्रसारलाई तीब्र बनाएकी छिन्। उनी अहिले दिल्लीमा छिन्। उनले इजरायली दूतावास पुगेर त्यहाँका अधिकारीहरूसँग भेट गरिन्। कंगना रनौतले इजरायली राजदूत नाओर डिलोसँग भेट गरिन्। यस भेटघाटको फोटो उनले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा शेयर गरेकी छिन्। उनले इजरायल र हमासबीच चलिरहेको युद्धको बीचमा इजरायललाई समर्थन गरेकी छिन्। इजरायली राजदूतलाई भेटेर उनले आतंकवादलाई आधुनिक रावण भन्दै टिप्पणी गरेकी छिन्। उनले इजरायलको जितको कामना गरेकी छिन्।
कंगना रनौतले उनले क्याप्सनमा लेखेकी छिन्, ‘भारतका लागि इजरायली राजदूत नाओर गिलोनसँग भेट भयो। आज सारा विश्व विशेष गरी इजरायल र भारत आतंकवाद विरुद्ध लडिरहेका छन्। हिजो रावण दहनका लागि दिल्ली पुग्दा मलाई इजरायल दूतावासमा आएर आजको आधुनिक रावण र हमासजस्ता आतंकवादीलाई परास्त गर्ने मानिसहरूलाई भेट्नुपर्छ भन्ने लाग्यो। जसरी साना बालबालिका र महिलालाई निशाना बनाइन्छ… यो हृदयविदारक छ। आतंकवाद विरुद्धको यो युद्धमा इजरायल विजयी हुनेछ भन्ने मलाई पूर्ण आशा छ। उनीसँग मैले मेरो फिल्म तेजस र भारतको आत्मनिर्भर लडाकु विमान तेजस बारे चर्चा गरेंl’