१७ जुलाईः राष्ट्रिय स्तरमा आफ्नो छाप छोड़ेपछि अहिले ग्रास रुट लेवलबाट खेल र खेलाड़ीहरूका उत्थानमा निरन्तर कार्य गर्ने दिग्गज फूटबलर नगेन तामाङको प्रशिक्षणमा रहने हिल फूटबल एकाडमी (खरसाङ)-का तीनजना खेलाड़ीहरूले आज उत्तराखण्डको कोर्बेट एफसीबाट सुब्रतो कप २०२२ जूनियर नेशनल प्रतियोगितामा हिस्सा लिन प्रस्थान गरे।

अनमोल गुरुङ, नीतेन लामा र सोहित थिंगलाई बिदा गर्न नगेन तामाङ स्वयं सिलगढ़ी आएका थिए। यस अवसरमा उनले यी युवा खेलाड़ीहरूले आउँदो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरे।