नयॉं दिल्ली: २७ अक्टोबरमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशको सबैभन्दा ठूलो दूरसंचार उद्योग कार्यक्रम इण्डिया मोबाइल कांग्रेस २०२३ को सातौं संस्करणको उद्घाटन गर्नेछन्।
यस तीन दिवसीय कार्यक्रमको आयोजन दूरसंचार विभाग र सेल्युलर अपरेटर्स एसोसिएशन अफ् इण्डियाले संयुक्त रूपमा गरेको हो।
दूरसंचार विभागले बुधवार सोशियल मिडिया प्लेटफर्म एक्समा भनेको छ, प्रधानमन्त्रीले २७ अक्टोबरमा नयॉं दिल्लीको प्रगति मैदानमा इण्डिया मोबाइल कांग्रेस २०२३ उद्घाटन गर्नेछन्। तीन दिवसीय यस कार्यक्रमको समापन २९ अक्टोबरमा हुनेछ। यो साल यस कार्यक्रममा एक लाखभन्दा धेरै प्रतिभागी, १३०० भन्दा धेरै प्रतिनिधि, ४०० भन्दा धेरै वक्ता, २२५ भन्दा धेरै प्रदर्शक र ४०० स्टार्टअप सामेल हुने आशा छ।