मटेलीः हिन्दु धर्मको महान चाड बडा दशैँ डुवर्सको विभिन्न स्थानमा धुमधामसितले पालन गरियो। आज बिहान मटेली थाना अन्तर्गत चिलाउने चियाबारीमा पनि टिकाको साइतअनुसार मानिसहरूले टिका लगाएको देखियो।

स्थानीय देवाकाश थापाले भने, हाम्रो बडा दशैँ महत्वपूर्ण चाड हो। यस चाडमा बर्षेभरी टाडा भएका आफन्तहरू भेट हुने पर्व हो। आजको दिन ठूलाबडाबाट टिका थाप्दै आर्शिष लिने पर्व हो। हामीले पनि ठूलाबडाबाट आजको दिन आर्शिषवाद लिएर टिका लगायौ।