काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले विजयादशमीको अवसरमा शुभकामना दिएकी छन्। उनले सोशियल मिडिया प्लेटफर्म एक्समा एउटा फोटो शेयर गरेर सबैलाई दशैंको शुभकामना दिएकी छन्।
उनले सत्य र न्यायको जीत होस् भनी प्रार्थना गरेकी छन्।
उल्लेखनीय छ, पश्चिम बंगालमा दुर्गा पूजाको चाड भव्यताका साथ मनाइन्छ। यहॉं बनेको विशालकाय पण्डाल र देवी दुर्गाको भव्य मूर्तिहरूको विसर्जनको क्रम आज मंगलवारदेखि विजयादशमीसॅंग शुरू भएको छ। राज्य सरकारद्वारा आजदेखि सवैश्रेष्ठ पूजाको शोभा यात्रा निकालिन्छ यस कारण, केही पूजा आयोजनहरूलाई छाडेर अधिकांश देवी प्रतिमाहरूको विसर्जन आजदेखि शुरू हुनेछ।