कोलकाताः पश्चिम बंगालमा करोडौं रूपियॉंको राशन वितरण अनियमितताको मामिलामा पक्रा परेका बकीबुर रहमानको हवाला कनेक्शन खुलासा भएको छ। मामिलाको जॉंच गरिरहेको ईडीले यस कथित घोटालामा एजेन्सीद्वारा पक्राउ गरिएको कोलकाताका व्यवसायी बकीबुर रहमानको विदेशी लिंकको जॉंचको क्रममा यसको पत्तो लगाएको हो।
सूत्रहरू अनुसार, जॉंच अधिकारीहरूले जमा गरेको दस्तावेजमा सम्पत्ति, परिसम्पत्ति र व्यवसाय, एनपीजी ग्रुप अफ् कम्पनीजनामको करर्पोरेट एकाईको नाममा पञ्जीकृत थियो, जसको मालिक एवं प्रबन्ध निदेशक बकीबुर रहमान हुन्। एउटा होटल, एउटा बार कम रेस्टुरेन्ट र चामल मिलहरूका साथै दुबईमा दुईवटा सम्पत्ति पनि उक्त कम्पनीहरूको नाममा पंजीकृत छन्।
उक्त दुई विदेशी सम्पत्तिहरू खरीद गर्न राशन वितरण अनियमितताको पैसा खर्च गरिएको सुराक पाइएको जॉंच अधिकारीहरूले बताएका छन्। खरीदको निम्ति अवैध धनको हस्तान्तरणको निम्ति हवाला मार्गको उपयोग गरिएको थियो।
-हिस