सीमाहरूमा तैनाथ जवानहरूको कारणले विश्वमा भारतको ठूलो प्रतिष्ठा ठूलो छ: रक्षामन्त्री
नयाँ दिल्ली: रक्षामन्त्री राजनाथ सिंहले विजयादशमीमा अरूणाचल प्रदेशको तवाङ्गमा शस्त्र पूजा गरे अनि सैनिकहरूसित दशै मनाए। उनल सीमामा तैनाथ जवानहरूको मनोबल बढ़ाउँदै भने, तपाईहरूले हाम्रो सीमाहरूलाई सुरक्षित राख्नु भएको छ। यसैले विश्वसामु भारतको प्रतिष्ठा तीव्र लगतिमा बढ़्दो छ। यदि तपाईहरूले हाम्रो देशका सीमाहरूलाई सुरक्षित नराख्नु भएको भए यो प्रतिष्ठा सम्भव हुँदैनथ्यो।

रक्षामन्त्री हरेक वर्ष सैनिकहरूसित दशै पर्व मनाउन तथा शस्त्र पूजा गर्नका लागि देशको कुनै न कुनै सीमामा जाने गर्दछन्। गत वर्ष उनले चमोली (उत्तराखण्ड)-को औली मिलिट्री स्टेशनमा ‘शस्त्र पूजा’ गरेका थिए। त्यसपछि चीन सीमासित गाँसिएको गाउँ माणामा गएर सेना र आईटीबीपीको अग्रिम चौकीहरूको निरीक्षण गर्नकासाथै सैनिकहरूसँग दशै पर्व मनाएका थिए। यसपालि रक्षामन्त्रीले अरूणाचल प्रदेशसित टाँसिएको सीमामा तैनाथ सैनिकहरूसित दशै पर्व मनाए भने यस अवसरमा उनले शस्त्र पूजा पनि गरे।

रक्षामन्त्रीले सोमवार नै अरूणाचल प्रदेशको आफ्नो यात्रापूर्व आसमको तेजपुर पुगी बड़ाखानामा सामेल भएर सैनिकहरूसित भोजन पनि गरे। उनले भने, यदि भारतको प्रतिष्ठा बढ़ेको छ भने तथा भारतले आर्थिक विकास गरेको छ भने यो वास्तवमै महत्वपूर्ण छ। उनको भनाइ छ, जुन कठिन परिस्थितिमा तपाईहरूले देशका सीमाहरूको रक्षाको जिम्मेवारी निर्वाह गरिरहनु भएको छ त्यसको जति नै सराहना गरे पनि कम हुन्छ। म तपाईहरूलाई बताउन चाहन्छु कि देशवासीहरूलाई तपाईहरूमाथि गर्व छ। तपाईहरू आफ्नो उर्दीको महत्व बुझ्नुहुन्छ।

उनले अरूणाचल प्रदेशको बुम-लाबाट दूरबीनको माध्यमबाट भारतीय पक्षमा ‘अतुल्य भारत’ द्वार र सीमामा चीनीयाँ सीमा कार्मिकहरूको बैठक सुविधा (नीलो छत भएका झोपड़ीहरू)-लाई पनि हेरे अनि वरिष्ठ सैन्य अधिकारीहरूले उनलाई भारतको परिचालन क्षमताको बारेमा जानकारी गराए।