नयाँ दिल्ली: असत्यमाथि सत्यको जितको महापर्व विजयादशमीमा देशकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी एवं गृहमन्त्री अमित शाहले देशवासीलाई शुभकामना सन्देश दिएका छन्।
एक्समा लेखिएको पोस्टमा राष्ट्रपतिले भनिन्-
‘दशैको पावन पर्वमा सबै देशवासीहरूलाई मेरो हार्दिक शुभकामना। दशै जसलाई विजयादशमीको रूपमा पालन गरिन्छ, -ले हामीलाई सत्य र धर्मको मार्गमा हिँड़ने प्रेरणा दिन्छ। यस पावन पर्वमा मेरो मंगलकामना छ कि हामी सबैजना पूर्ण मानवताको कल्याणको भावना लिएर सत्य र न्यायको पथमा अघि बढ़ौं।’
प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शुभकामना सन्देशमा भने-
‘देशभरिका मेरा परिवारन जनहरूलाई विजयादशमीको के मेरे परिवार जनों को विजयादशमीको हार्दिक शुभकामना। यो पावन पर्वले नकारात्मक शक्तिहरूको अन्तसितै जीवनमा सकारात्मकतालाई अप्नाउने सन्देश लिएर आउँछ।’
गृहमन्त्री अमित शाहले आफ्नो शुभकामनामा भने-
‘समस्त देशवासीहरूलाई विजयादशमीको हार्दिक शुभकामना। अधर्मको अन्धकार जति नै घना भए पनि सत्यको आधारमा धर्मको उज्यालोको विजय शाश्वत छ। पापमाथि पुण्यको विजयको प्रतीक विजयादशमी हामीलाई सदैव विवेक र सत्यको मार्गमा हिँड़्ने प्रेरणा एवं शिक्षा दिने पर्व हो। प्रभु श्री रामले सबैको कल्याण गरून्। जय श्री राम!’
गृहमन्त्री अमित शाहले संघको स्थापना दिवसमा पनि शुभकामना व्यक्त गर्दै एक्स पोस्टमा लेखे- ‘भारतको युवाशक्तिमा राष्ट्रसेवाको भावना अनि राष्ट्रप्रथमका विचारहरूलाई सिच्नको लागि कृतसंकल्पित राष्ट्रिय स्वयंसेवक संघको स्थापना दिवसमा सबै स्वयंसेवकहरूलाई शुभकामना। विगत नौ दशकदेखिकै @RSSorg -ले मातृभूमिको सेवा एवं स्वाभिमानको लागि युवाहरूलाई आफ्नो कण-कण अनि क्षण-क्षणमा समर्पणको प्रेरणा दिएर राष्ट्रनिर्माणमा अद्वितीय योगदान दिरहेको छ।’