प्रेमिकालाई भेट्न बङ्गलादेश युवक सीमाना छिरेर भारतमा

photocollage_202251823302489.jpg

जलपाइगढीः बङ्गलादेशका एकजना युवक अवैध रुपमा भारत-बङ्गलादेशको सिमाना छिरेर प्रेमिकासित भेट गरेपछि फर्किरहेको समय बीएसएफका जवानले पक्राउ गरेको छ। जलपाइगढीको मानिकगञ्जको सिमानाबाट अवैध रुपमा बङ्गलादेश गइरहेको समय बीएसएफ-का जवानहरूले तिनलाई पक्राउ गरेको बताइएको छ। पक्राउ परेका युवक बङ्गलादेशको पञ्चगठ जिल्ला निवासी मनाचन्द्र रायको रुपमा चिन्हित गरिएको छ। पक्राउ परेका बङ्गलादेशका युवकको भारतकी एउटी युवतीसित ५ वर्षअघि सोसियल मिडियामार्फत चिनाजाना भएपछि दुईजनामाझ प्रेम सम्बन्ध रहेको थियो। ती दुई प्रेमी-प्रेमिकाले फोनमार्फत कुराकानी गर्ने गर्दथे। उक्त युवकले मलेशियाको एउटा गैर सरकारी कम्पनीमा काम गर्दथे भने छुट्टीमा बङ्गलादेश आएका थिए। यसपछि तिनी आफ्नी प्रेमिकालाई भेट्न दुई हप्ता अघि भारतमा प्रवेश गरेका थिए। गत राति मानिकगञ्जको सिमाना भएर बङ्गलादेश फर्किरहेको समय हीएसएफका जवानहरूले तिनलाई पक्राउ गरे। पक्राउ परेका युवकबाट मलेशिया र बङ्गलादेशको रुपियाँ उद्धार भएको छ। बीएसएफले पक्राउ परेका बङ्गलादेशी युवकलाई जलपाइगढी कोलवाली थानालाई सुम्पिदिएपछि आज तिनलाई जलपाइगढी अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement