टिस्टा: टिस्टामा आएको प्राकृति आपदामा परेका पिढीहरूसित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले यसपालीको दशैं मानएका छन्। विगत ४ अक्टोबरमा टिस्टा नदीले ल्याएको प्राकृतिक प्रकोपमा परेर राहत शिविरहरूमा रहेका बाढ़ पिढीतहरूसितै बसेर जीटीए प्रमुख अनित थापा र उनको टिमले यसपालीको दशैं मनाएका छन्। उनले टिस्टाको राहत शिविरमा रहेका पिढीतहरूसित सामुहिक रूपमा दशैं मनाउँदै पिढीतहरूका हातबाट नै दशैंको टिका ग्रहण गरेका छन्।

यस अवसरमा उनले सर्वप्रथम वरिष्ठ नागरिकहरूका बाहुलीबाट दशैंको टिका ग्रहण गर्दै आशिर्वाद लिएका छन्। त्यसपछि अन्य सबैको बाहुलीबाट पनि दशैंको टिका ग्रहण गरेका छन्। यस अवसरमा उनलाई टिस्टा बाढ पिढीतहरूले सत्रपत्रीको खदा र टिका लगाएर स्वागत जनाएका थिए। यसपालीको दशैंको अवसरमा जीटीएको आपदा राहत कमिटीको आयोजनमा टिस्टामा नै दशैं पर्व पालन गरिएको थियो जसमा जीटीए प्रमुख अनित थपासितै जीटीएका चेयरम्यान अञ्जुल चौहान, सभासदहरू नोरदेन शेर्पा, नवराज छेत्री, मणिप्रसाद राई लगीयत अन्य सभासदहरू अनि पदाधिकारीहरू उपस्थित रहेका थिए।

अनित थापासितै अन्य सभासदहरूले पनि यसपालीको दशैं पर्व टिस्टाक बाढले प्रभावित पिढीतहरूसित बसेर पालन गरेका छन्।