शहीद कप फूटबलः डुवर्स स्पोर्टस एकाडमीको रोमाञ्चक जीत

photocollage_202271720525391.jpg

१७ जुलाईः माल बस्ती युथ (गोरुबथान)-को तत्त्वावधानमा आयोजित शहीद कप नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा मटेलीको डुवर्स स्पोर्टस एकाडमीले टाईब्रेकरमा रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। माल बस्ती खेल मैदानमा जारी यस इलेभेन ए साइड टुर्नामेण्टअन्तर्गत आइतवार भएको पूल ए-को म्याचमा डुवर्स एसए-ले अप्पर फागू स्पोर्टस एण्ड कल्चरल एसोसिएशन (यूएफएससीए)-लाई टाईब्रेकरमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। अब सोमवार खेलिने पूल बी-को म्याचमा रिनो एफसी अहाले र मिशन हिल युनाइटेड क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २३ र २४ जुलाईमा खेलिनेछ। यसरी नै फाइनल म्याच २७ जुलाईमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षबाट जानकारी दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement