गोवामा ५४औं आईएफएफआई

logo.jpg

२५ फिचर फिल्म अनि २० गैर-फिचर देखाइने

नयाँ दिल्ली: भारतीय अन्तरराष्ट्रिय फिल्म महोत्सव (आईएफएफआई)-मा देखाइने फिल्महरूको घोषणा गऱेको छ। यस फिल्म महोत्सवमा २५ फिचर फिल्म र २० गैर-फिचर फिल्महरू देखाइनेछ।

आगामी २०-देखि २८ नोभेम्बरसम्म गोवामा आयोजना हुने ५४औं आईएफएफआईमा प्रदर्शित गरिनेछ।

सूचना एवं प्रसारण मन्त्रालय अनुसार ५४औं आईएफएफआईमा ‘अट्टम, (मलयालम)’ ओपनिंग फीचर फिल्म हुनेछ भने ‘एंड्रो ड्रीम्स (मणिपुरी)’ भारतीय प्यानोरमा २०२३ को शुरूआती गैर-फिचर फिल्म हुनेछ। गैर फिचर फिल्महरूको वर्गको लागि कुल २३९ समकालीन भारतीय गैर-फिचर फिल्महरू आएका थिए जसबाट २० वटालाई चयन गरिएको छ। फिचर फिल्महरूको श्रेणीमा ४०८ फिल्म पठाइएको थियो जसबाट २५ फिल्मलाई चयन गरिएको छ।

उल्लेखनीय छ, भारतीय प्यानोरमाको चयन भारतभरिका सिनेमा जगतका प्रतिष्ठित हस्तिहरूद्वारा गरिएको छ जसमा फिचर फिल्महरूको लागि कुल १२ जूरी सदस्य अनि गैर-फिचर फिल्मको लागि सम्बन्धित अध्यक्षहरूको नेतृत्वमा 6 जूरी सदस्य सामेल हुनेछन्। फिचर फिल्म जूरीको नेतृत्व फिल्म निर्देशक, अभिनेता औ निर्माता डा. टी. एस. नागभरणले गरे भने गैर-फिचर फिल्म जूरीको अध्यक्ष वृत्तचित्र फिल्म निर्देशक अरविन्द सिन्हाले गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *