बिशन सिंह बेदीको निधन

6gsc4vmg_angad-bedi-insta_625x300_25_September_19.jpg

नयाँ दिल्ली: पूर्व भारतीय क्रिकेट खेलाड़ी बिशन सिंह बेदीको सोमवार ७७ वर्षका उमेरमा निधन भएकाे छ। दुई सप्ताहपूर्व उनको दिल्लीस्थित एक अस्पतालमा सर्जरी भएको थियो र उनी त्यसबेलादेखिकै अस्पतालमा उपचाराधिन थिए।

बिशन सिंहले आफूपछि छोरा अभिनेता अङ्गद बेदी र बुहारी नेहा धुपियालाई छाड़ेर गएका छन्। बेदीले वर्ष १९७६ र १९७९-माझ भारतको लागि ६७ टेस्ट र १० वानडे म्याच खेलेका थिए। उनको गन्ती दुनियाँका उत्कृष्ट स्पिनरको रूपमा हुन्छ।

खेलमन्त्री अनुराग ठाकुरले भने, भारतका महान स्पिनर बिशन सिंहको निधनको बारेमा सुनेर गहिरो दुःख लाग्यो। भारतीय क्रिकेटमा उनको योगदान अनि मैदानमा उनको कलात्मकतालाई सदैव स्मरण गरिन्छ। उनको परिवार, मित्र एवं सम्पूर्ण क्रिकेट समुदायप्रति मेरो हार्दिक समवेदना। उनको आत्माले शान्ति पाउन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement