हैदराबादको १६५० ऐकर जंगलका मालिक प्रभासद्वारा २ करोड रुपियाँ दान

Prabhas

मुम्बई: साउथको फिल्म ‘बाहुबली’का सुपरस्टार प्रभासको ४४औं जन्मदिन हो। यस अवसरमा हामी तपाईलाई प्रभासको फिल्म वा करियरको बारेमा होइन, तर त्यो महान कार्यको बारेमा बताइरहेका छौं जसका कारण हजारौं मानिस उनको पूजा र सम्मान गर्छन्। प्रभासको जन्म सन् १९७९ मा मद्रासमा भएको थियो। उनको पूरा नाम उप्पलापति वेंकट सूर्यनारायण प्रभास राजु हो। प्रभास कहिल्यै पनि अभिनेता बन्न चाहँदैनथे। उनी काकाकै कारण चलचित्रमा आएका हुन्। प्रभासले सन् २००२ मा फिल्म ‘ईश्वर’ बाट आफ्नो करियर शुरु गरेका थिए। तर यो शुरुवात सजिलो थिएन। फिल्ममा सफलता र असफलताको स्वाद चाख्दै प्रभास अगाडि बढ्न थाले र धेरै उतारचढाव देखे। तर ‘बाहुबली’ ले प्रभासलाई रातारात भारतको स्टार बनायो। उनलाई देशको शीर्ष र महँगो अभिनेता बनाइयो।

प्रभास आफ्नो फिल्मका लागि मात्र नभई आफ्नो उत्कृष्ट काम र सामाजिक कार्यका लागि पनि परिचित छन्। प्रभासले १६५० एकड जंगल ग्रहण गरेका छन्, जसको सम्पूर्ण जिम्मेवारी उनको काँधमा छ। प्रभासले २०२० मा हैदरावाद नजिकै रहेको खाली काजीपल्ली वन रिजर्भलाई अपनाएका थिए। यो १६५० ऐकरमा फैलिएको छ। त्यसपछि प्रभासले यसलाई पूर्ण रूपमा विकास गर्ने निर्णय गरे र आजसम्म त्यही काममा संलग्न छन्। यस वन आरक्षका लागि प्रभासले वन अधिकारीहरूलाई २ करोड रुपियाँ दान गरेका थिए। प्रभासले यो जंगल आफ्ना पिता उप्पलापति सूर्यनारायण राजुको नाममा ग्रहण गरेका थिए। प्रभास दक्षिण सिनेमाका पहिलो स्टार हुन् जसले म्याडम तुसादमा मैनको मूर्ति राखेका छन्। यसअघि कुनै पनि स्टारले यो सम्मान पाएका थिएनन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *