१७ जुलाईः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत आइतवार दुईवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा आज भएको पहिलो म्याचमा डीपीएफसी-ले तकभर एफसीलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दिपेश र राजीवले गोल गरे भने तकभर एफसीबाट रिन्छेन तामाङले गोल गरे। यसरी नै दोस्रो म्याचमा तकदाह युनाइटेडले रोहिनी युनाइटेडलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट रोहनले ह्याट्रिक गरे। यसरी नै रोहिनी युनाइटेडबाट अखिलेशले १ गोल गरे। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।










