मुख्यमन्त्रीले दिए राज्यवासीहरूलाई बडा-दशैंको बधाई एवं शुभकामना

IMG-20231023-WA0187.jpg

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बडा-दशैं को शुभ अवसरमा सिक्किमका जनता, विशेष गरी हिन्दू समुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, देवी दुर्गा शक्तिको प्रतीक हो र नारी-शक्तिको दिव्य रूप पनि हो, जसले नारी गतिशीलताको प्रतीकलाई दसाउॅंछ। यस रमाइलो पर्वले हाम्रा जनतामा शान्ति, भाइचारा र एकताको भावना लिएर आओस्। हामी हाम्रो राज्य र राष्ट्रको सेवा र प्रगतिमा आफूलाई समर्पण गर्न र हाम्रो समाजको नैतिक आधारलाई बलियो बनाउन सकौं भनी ईश्वरसँग प्रार्थना गर्दछु।

उनले अघि भनेका छन्, यस पर्वको पावन अवसरमा महिलालाई पहिलेभन्दा उच्च सम्मान र जीवनका हरेक क्षेत्रमा समान सहभागिता हुने समाज निर्माण गर्ने संकल्प गरौँ। दशैं, जसलाई बडा दशैं पनि भनिन्छ, एक महत्त्वपूर्ण चाड हो जुन हामीले ठूलो उत्साह र जोसका साथ मनाउँछौं। तर, हाम्रा हर्षोल्लासका बीच हालैको विनाशकारी बादल फाटेर नदीको बहावले हाम्रा प्रिय आफन्तहरूको ज्यान गुमाउनु परेको विपत्तिलाई हामी बेवास्ता गर्न सक्दैनौं।

मुख्यमन्त्रीले हामी शोक र हानिको घडीमा छौं भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सबैको पुनर्स्थापनाका लागि हार्दिक अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement