विश्वकप क्रिकेट २०२३: विराट कोहलीले सर्वाधिक रन बनाएर लेखे नयाँ कथा

Virat-Kohli-2

नयाँ दिल्ली: विराट कोहलीले आईसीसी सीमित ओभरको प्रतियोगितामा सर्वाधिक रन बनाएर नयाँ कथा लेखेका छन्। कोहलीले ३ हजार रन पुरा गरेपछि उनले वेस्ट इन्डिजका लिजेण्ड क्रिस गेललाई पछि पारेका छन्। आईसीसी सीमित ओभरको प्रतियोगितामा गेलले २९४२ रन बनाएका थिए। धर्मशालामा न्यूजिल्याण्ड विरुद्धको खेलमा किंग कोहलीले यो विशेष कीर्तिमान आफ्नो नाममा बनाएका हुन्। यसअघि सन् २०२३ को एकदिवसीय विश्वकपमा बंगलादेशविरुद्धको खेलमा कोहलीले रन पछ्याउँदै शतक प्रहार गर्दै भारतलाई जित दिलाएका थिए। उनले ९७ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै १०३ रनको पारी खेले। अस्ट्रेलियाविरुद्धको खेलमा उनले ८५ रन बनाएका थिए भने अफगानिस्तानविरुद्ध ५५ रन बनाएका थिए। आज न्युजिल्याण्ड विरुद्ध रन पछ्याउने क्रममा उनले शतक गुमाए र १०४ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ९५ रन बनाए।

न्यूजिल्याण्ड विरुद्धको खेलमा कोहलीले मार्क च्याम्पम्यान र डेरिल मिचेलको क्याच लिएका थिए। यी क्याचहरूमार्फत उनले आफ्नो एकदिवसीय करियरमा १५० क्याच पूरा गरे। कोहली ५० ओभरको फर्म्याटमा सबैभन्दा बढी क्याच लिने चौथो खेलाडी हुन्। कोहलीले सन् २००८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका थिए। त्यसयता उनले १११ टेस्ट, २८५ एकदिवसीय र ११५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। १८७ टेस्ट इनिङ्समा उनले ४९.२९ को औसतमा ८,६७६ रन बनाएका छन्, जसमा २९ शतक र २९ अर्धशतक समावेश छ। यसबाहेक एकदिवसीयका २७३ इनिङ्समा उनले ५८ को औसतमा १३ हजार ३४२ रन बनाएका छन् जसमा ४८ शतक र ६८ अर्धशतक रहेको छ। जहाँ टी२० अन्तर्राष्ट्रियमा भारतीय ब्याट्सम्यानले ५२.७३ को औसत र १३७.९६ को स्ट्राइक रेटमा ४००८ रन बनाएका छन्, जसमा उनले १ शतक र ३७ अर्धशतक बनाएका छन्। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement