चुङ्थाङमा मुख्यमन्त्रीले गरे बाढी पीडित परिवार र व्यक्तिहरूसॅंग अन्तरक्रिया

n549693894169798629047520b459d4395bf090f37a512af6526414c293bc8423a53e6bed649ffa01a33ebc.jpg

मंगन: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज चुङ्थाङको टासा टेङ्गे उच्चतर माध्यमिक विद्यालयको सभागृहमा विपद्बाट पीडित परिवार र व्यक्तिहरूसॅंग अन्तरक्रिया गरे। मुख्यमन्त्रीले विपद्बाट सबैभन्दा बढी पीडितहरूलाई मुख्यमन्त्री राहत कोषबाट राहत चेक वितरण गरे।

प्रभावित व्यक्तिहरुसँगको अन्तरक्रियामा उनले उनीहरुको क्षतिप्रति सान्तवना दिँदै उनीहरुको पुनर्स्थापना र उनीहरुको जीविकोपार्जनका लागि सरकारले आफ्नो क्षमताले सक्दो सहयोग गर्ने आश्वासन दिए। बाढीले घर ध्वस्त बनाएका व्यक्तिहरूलाई तत्काल राहतस्वरूप प्रत्येकलाई एक लाख रूपियॉंको चेक प्रदान गरिएको छ। त्यसैगरी भाडामा बस्ने प्रत्येकलाई बीस हजार रूपियॉं प्रदान गरिएको छ।

उनले यो रकम उनीहरुको जीवन पुनर्निर्माणमा सहयोग पुऱ्याउन तत्काल राहत प्रदान गरिएको बताए। उनले क्षतिको वास्तविक मूल्याङ्कनका आधारमा थप क्षतिपूर्ति दिइने बताए। त्यसैगरी उनले बाढीमा पुस्तक र अत्यावश्यक सामग्री गुमाउने विद्यार्थीहरूलाई १०-१० हजार रूपियॉं प्रदान गरे। उनले विस्थापित भएका मानिसहरूको १० महिनाको भाडा सरकारले तिर्ने पनि घोषणा गरे। उक्त क्षेत्रमा भाडामा बस्न मुस्किल भएकाले चुङथाङका लागि मात्रै यस्तो विशेष व्यवस्था गरिएको उनले बताए।

मुख्यमन्त्रीले जनताको नोक्सानीको पूर्ति गर्न सरकारले सबै आवश्यक व्यवस्था गरेको जानकारी दिए। उनले बाढीबाट विस्थापित परिवारलाई सरकारले घरलगायत सबै अत्यावश्यक सामग्री उपलब्ध गराउने बताए। उनले मंगनलाई चुङ्थाङसॅंग जोड्न वैकल्पिक सडक निर्माणको काम युद्धस्तरमा भइरहेको जानकारी दिए। त्यसैगरी चुङ्थाङदेखि लाचेनसम्मको सम्पर्क पुनःस्थापनाका लागि पहल भइरहेको उनले जानाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement