दार्जीलिङ: हाम्रो पार्टीमा मैले छुटटै राज्य गोर्खाल्याण्ड देखे यो मन्तब्य विक्रमादि राईले गरेका हुन्। विक्रमादि राईले आज हाम्रो पार्टीको झण्डा समाए। पार्टी अध्यक्ष अजय एडवार्डसले विक्रमादि राईलाई पार्टीमा न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा सोम्पिए।विक्रमादि राईले हाम्रो पार्टीको झण्डा समाएपछि तिनले हाम्रो पार्टीमा छुटटै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति इमान्दार नेतृत्वहरू देखेको तिनले बताए। हाम्रो पार्टीको नेतृत्वहरूको बारेमा विगतका दिनहरूमा आफुले धेरै आलोचनाहरू गरेको जानकारी पनि गराए तर त्यस समय आफुले हाम्रो पार्टीको वास्ताविकता बारे अनभिज्ञ थिएछु भन्ने तिनले बताए। हाम्रो पार्टीले आफ्नो संविधानको टुप्पोमा नै छुटटै राज्य गोर्खाल्याण्डको मांगलाई प्राथमिकता दिएको छ भन्ने तिनले बताए। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले गरीव विद्यार्थीहरूलाई शिक्षा प्रदान गरेर समस्त गोर्खा सन्तानहरूलाई नै शिक्षित बनाउने दिशामा काम गरिरहेको छ भन्ने जानकारी गराउँदै यस्तो निस्वार्थ सोच भएका ब्यक्तिले मात्र गोर्खाहरूको युगौ पूरानो मांगलाई फते गर्न सक्छ भन्ने राईले बताए। तिनले अझ भने, गत केही अघि सम्पन्न भएको जीटीए चूनावमा हाम्रो पार्टीले राम्रो प्रदर्शन गरेर आफु समक्ष हुनुको परिचय दिइसकेको छ। हाम्रो पार्टीको गठन केवल ६,७ महिना मात्र हुँदैछ यति छोटो समयमा हाम्रो पार्टीले दोस्रो स्थान प्राप्त गरेर जनताको मन जित्न सफल भएको छ,यसले स्पष्ट हुन्छ,हाम्रो पार्टीले मात्र गोर्खाहरूको दीर्घकालिन मांगलाई फते गर्न सक्छ राईले भने। पहाडमा धेरैवटा राजनैतिक दलहरू छन् तर ती राजनैतिक दलहरूले पहाडबासीको आँखामा धुलो छोप्ने काम मात्र गरेको छ तर पहाडलाई उद्वार गर्ने,गोर्खा जातिको युगौ पूरानो मांगलाई फते गर्ने दिशामा आजसम्म कसैले पनि काम गरेको छैन भन्ने राईले आरोप लगाए। तिनले अघि भने आजदेखि आफु हाम्रो पार्टीको एक कर्मठ कार्यकर्ता भएर गाउँ, बस्ती, शहर बजार, चिया कमान, सिन्कोना बगान आदि क्षेत्रहरूमा संगठन विस्तारको निम्ति काम गर्ने पार्टी अध्यक्ष अजय एडवार्डसको हरेक कार्यहरूमा आफु आत्मासात गरेर काम गर्ने संकल्प लिइसकेको छु भन्ने विक्रमादि राईले बताए।










