काठमाडौं: नेपालमा आज बिहान आएको भुॅंइचालोले २० घर पूर्ण रूपले ध्वस्त बनेका छन् भने ७५ भन्दा धेरै घरहरु आंशिक रुपमा क्षति भएको छ।
भुॅंइचालोको केन्द्र बिन्दु धादिङ जिल्ला प्रशासनले गृह मन्त्रालयलाई दिएको जानकारी अनुसार, बिहान चारपल्ट आएको भुॅंइचालोले जिल्लाको ज्वालामुखी गाउँपालिकामा २० वटा कच्चा घर पूर्ण रूपले ध्वस्त भएको छ।
प्राप्त जानकारीअनुसार, वार्ड नम्बर ५ मा ७५ घरलाई आंशिक क्षति पुगेको छ। भुॅंइचालोले पुऱ्याएको क्षतिको पूर्ण विवरण अहिले प्राप्त भएको छैन। सुदूर क्षेत्रहरूमा क्षतिको विवरण संकलन गरिॅंदैछ। भुॅंइचालोले कच्चा घरहरूलाई क्षति पुऱ्याएको छ।