गान्तोक: पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले विजयादशमी एवम् बडा दशैंको सबैमा उत्तरोत्तर प्रगतिको कामनासहित मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।
उनले आज जारी आफ्नो सन्देशमा भनेका छन्, दशैं केवल धार्मिक चाडमात्र होइन, दशैं हाम्रो सांस्कृतिक उत्सव हो, सामाजिक र पारिवारिक सम्बन्ध र ऐक्यबद्धाताको सूचक पनि हो।
उनले अघि भनेका छन्, सिक्किमेली जनताले हालै प्रकृतिको विकराल स्वरूपको सामना गर्नुपऱ्यो, असङ्ख्य मानवले जीवन गुमाउनुपऱ्यो, धन-सम्पत्तिको व्यापक क्षय-क्षति भयो। माता नौदुर्गा भवानीले यी शोकसन्तप्त जनमा शान्ति, आत्मविश्वास र शोकलाई जितेर स्वाभाविक जीवनमा फर्किने आशा र सङ्कल्पको सञ्चार गरून्।
उनले प्राकृतिक विनाशमा जीवन गुमाउने मानिसहरूको आत्मालाई चिरशान्ति र परमेश्वरको न्यानो आश्रय प्रदान गरून् भनी कामना पनि गरेका छन्।