इण्डिपेण्डेन्स कपः दुधे एफए र भाका बोइज विजयी

IMG-20220717-WA0148.jpg

१७ जुलाईः दुधे युथ क्लबको तत्त्वावधानमा आइतवारदेखि इण्डिपेण्डेन्स कप २०२२ फूटबल टुर्नामेण्ट शुरु भयो। स्थानीय दुधे खेल मैदानमा आज भएको पहिलो म्याचमा दुधे फूटबल एकाडमीले मिरिक भिक्ट्री एफसीलाई २-१-ले पराजित गऱ्यो। दुधे एफए-बाट अविनाश राईले १७औं र विक्रम राईले ६०औं मिनटमा गोल गरे। यसरी नै मिरिक भिक्ट्री एफसीबाट अदित्य गुरुङले १९औं मिनटमा गोल गरे। दोस्रो म्याचमा भाका बोइजले कुलेनबारी एफसीलाई ५-२-ले पराजित गऱ्यो। विजेता टीमबाट सुवास राईले ह्याट्रिक गरे। उनले २०औं, ४१औं र ५५औं मिनटमा गोल गरे। यसबाहेक अशोक सुब्बाले ३५औं र ५८औं मिनटमा २ गोल गरे। कुलेनबारी एफसीबाट नोर्गेन लेप्चाले ४५औं र राहुल राईले ५१औं मिनटमा गोल गरे। आज उद्घाटन समारोहमा अतिथिको रूपमा साधन कुमार (ओसी, गाड़ीधुरा आउटपोस्ट), दिवस लामा (प्रिन्सिपल, फ्रेण्डशीप स्कूल), सन्तोष लामा, नन्द कुमार थामी, धन कुमार राई, निमा छिरिंग शेर्पा, अशोक थापा र धन प्रसाद तामाङ उपस्थित थिए। म्याचमा मुख्य रेफरीको भूमिका विनोद प्रधानले निर्वाह गरेका थिए भने सहायकको भूमिकामा प्रवीण प्रधान र बादल राई रहेका थिए। भोलि खेलिने म्याचमा पानीघट्टा एफसी र सेभेन फाइटर्स पानीघट्टाबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टु्र्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगज पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ भनी आयोजक समितिको पक्षमा कोषाध्यक्ष विशाल शर्माले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement