अमित शाहको जन्मदिनमा प्रधानमन्त्री मोदीको विशेष सन्देश

IMG-20231022-WA0188.jpg

भने: उनले प्रशासकको रूपमा आफ्नो छाप छोडे

दिल्लीः केन्द्रीय गृहमन्त्री अमित शाहले आज आफ्नो ५९औं जन्मदिन मनाइरहेका छन्। आफ्नो जन्मदिनको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष सन्देश दिएका छन्। प्रधानमन्त्री मोदीले आफ्नो अधिकारिक सामाजिक सञ्जाल अकाउन्टमा अमित शाहलाई जन्मदिनको शुभकामना दिएका छन्।
सोसल मिडिया प्लेटफर्म एक्समा पोष्ट गर्दै प्रधानमन्त्री मोदीले अमित शाहको तारिफ गरेका छन् र उनको कामको प्रशंसा गरेका छन्। उनले भने, ‘अमित जीलाई जन्मदिनको शुभकामना। उनले भारतको सुरक्षा संयन्त्रलाई अभिवृद्धि गर्न र सहकारी क्षेत्रको थप विकासमा महत्वपूर्ण योगदान दिएर उत्कृष्ट प्रशासकको रूपमा आफ्नो पहिचान बनाएका छन्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement