स्रष्टा एसडी लिम्बुकृत ब्यंग्य संग्रह ‘म’ लोकार्पति

IMG-20231022-WA0178.jpg

हाँस्य भनेको बेग्लै हो र ब्यंग्य भनेको बेग्लै हो: सुदर्शन प्रधान अम्बटे

खरसाङ: सोनादा क्षेत्र अन्तर्गत मार्गरेट्स होपको बाँसघारीमा स्रष्टा एसडी लिम्बुकृत ब्यंग्य संग्रह ‘म’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ। बाँसघारी प्राथमिक पाठशाला भवनमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता एलबी सुब्बाले गरेका थिए भने मुख्य अतिथको रूपमा वरिष्ठ साहित्यकार एंव हाँस्य ब्यंग्यकार सुदर्शन प्रधान अम्बटे उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिको रूपमा वरिष्ठ स्रष्टा एमएस सुब्बा, गोराबारी मार्गरेट्स होप ग्राम पञ्चायतको पञ्चायत सदस्य बिबेक सुब्बा, ब्यंग्यकार अमीत सुब्बा विकल्प, कवि एंव पत्रकार हनोक थापा, बाँसघारी समाजको सचिव प्रनिता सुब्बा लगायत अन्यहरू उपस्थित रहेका थिए।

हेमन्त सुब्बाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण रोशनदीप सुब्बाले राखेका थिए। यसै कार्यक्रममा एसडी लिम्बुकृत ब्यंग्य संग्रह ‘म’ लोकार्पण गरिएको छ। उक्त पुस्तक कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरू लगायत स्रष्टा एसडी सुब्बा आदिको बाहुलीबाट लोकार्पण गरिएको छ। उक्त कृति लोकार्पण भएको घोषणा प्रमुख अतिथि सुदर्शन प्रधान अम्बटेले गरेका थिए। यस अवसरमा बाँसघारी क्षेत्रको साहित्यिक गतिविधि र पृष्ठभूमि विषयमा वरिष्ठ साहित्यकार एमएस सुब्बाले वक्तव्य राखेका थिए। उनले आफ्नो वक्तव्यमा बाँसघारीमा सन् १९६८ सालदेखि नै पत्रिका प्रकाशन शुरू भएको र यहाँबाट प्रकाशित पत्रिकाहरूमा डा. इन्द्रबहादुर राई, सुवास घिसिङ, डा. गोरुल सिन्हा, नन्द हाङखिम, डा. जस योञ्जन प्यासी जस्ता वरिष्ठ स्रष्टाहरूका रचनाहरू पनि प्रकाशित भएको बताएका छन्। उनले बाँसघारी क्षेत्रबाट आफ्नो कृति नयाँ बाटो, अमीत सुब्बा विकल्पको म नपढेको अनपढ, सेल्फी थुतुनो, गिफ्ट लगायत पत्र पत्रिकाहरू प्रकाशित भएको र आज असडी लिम्बुको नयाँ कृति ‘म’ प्रकाशित भएको जानकारी गराएका छन्।

एमएस सुब्बाले आज प्रकाशित ब्यंग्य संग्रह ‘म’ विषयमा बोल्दै छोटो समीक्षात्मक टिप्पणी पनि राखेका थिए। कार्यक्रममा हेमन्त सुब्बा, देबेन्द्र सुब्बा, हनोक थापा आदिले कविता, कथा मुक्तक पठन गरेका थिए भने दौवत सुब्बाद्वारा गीत र स्नेह छेत्री, सञ्जीवनी सुब्बा लगायत अऩ् नानीहरूले नृत्य पनि प्रस्तुत गरेका थिए। कार्यक्रममा स्रष्टा एसडी लिम्बुले आफ्नो वक्तव्यमा उपस्थित सबैमा धन्यवाद दिएका थिए। कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित वरिष्ठ साहित्यकार, ब्यंग्यकार एंव बाल साहित्य अकादमी पुरस्कार प्रापक स्रष्टा सुदर्शन अम्बटेले साहित्य सबैलाई मन पर्दैन अनि साहित्यको बिरूवा सबैले रोप्न पनि सक्दैन भनी बताएका छन्। उनले ब्यंग्यमा मभन्दा खतरा शब्द अरू हुँदैन भन्दै हाँस्य भनेको बेग्लै रहेको र ब्यंग्य भनेको बेग्लै हो भनी बताए। अम्बटेले आज प्रकाशित ‘म’ ब्यंग्यले पाठकहरूलाई सुम्सुमाएर लगेर गएको पनि बताए। उनले हामी किताब पढ्दैनौं तर हामी किताब पनि बेच्दैनौं बरू भिराउँछौं भनी बताए।

उनले केही छोटो छोटो मुक्तहरू पठन गरेर कार्यक्रमलाई रमाइलो बनाएका थिए। त्यसरी नै कार्यक्रममा स्रष्टा अमीत सुब्बा विकल्पले कृति विमोचनको अवसरमा साहित्यकारहरूले एसडी लिम्बुलाई पठाएका शुभकामना सन्देशहरू पठन गरेर सुनाएका थिए। कार्यक्रममा अधिवक्ता रेमिता सुब्बाले पनि वक्तव्य राखेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *