१७ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत आइतवार दुईवटा म्याच खेलियो। लेबोङको गोर्खा स्टेडियममा आज भएको पहिलो म्याचमा युनाइटेड रिषिहाट एफसीले दार्जीलिङ फूटबल एकाडमीलाई ३-१-ले पराजित गऱ्यो। पूल बी-को यस म्याचमा विजेता टीमबाट एन बराईलीले २ अनि सेमुएल राईले १ गोल गरे। यसबाहेक दार्जीलिङ एफए-बाट रोशन बीके-ले १ गोल गरे। यसरी नै दोस्रो म्याचमा भाह तकभर युनाइटेड एफसीले ब्लूमफील्ड एफसीलाई २-०-ले पराजित गऱ्यो। ग्रुप डी-को यस म्याचमा विजेता टीमबाट अर्पण तामाङ र साम्तेन तामाङले १-1१ गोल गरे। सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ।