नेपालमा भुॅंइचालो

earthquake_1674554527.jpeg

बिहान ७:३९ देखि ८:५९ सम्म भुॅंइचालोको झट्का

काठमाण्डौं: नेपालमा आज बिहान चारपल्ट भुॅंइचालोको झट्का महसूस गरियो। राष्ट्रिय भूकम्प मापन केन्द्र अनुसार, बिहान ७:३९ बजी पहिलो झट्का महसुस गरियो। यसको तीव्रता रिक्टर स्केलमा ६.१ मापिएको छ भने यसको केन्द्र धादिङ्गको खरी बताइएको छ।

यसरी नै दोस्रो झट्का ८:०८ बजी आयो। यसको केन्द्र धादिङको सल्यनटार थियो भने यसको तीव्रता ४.२ मापिएको छ। तेस्रो झटका ८:२८ बजी महसुस गरियो जसको केन्द्र धादिङको डॉंडागाउॅं थियो। यसको तीव्रता ४.३ मापिएको छ। चौथो तथा अन्तिम झटका ८:५९ बजी महसुस गरियो जसको तीव्रता ४.१ मापिएको छ। यसको केन्द्र धादिङ रहेको बताइएको छ।

भुॅंइचालोको प्रभाव राजधानी काठमाडौंसम्म परेको थियो। आज महाअष्टमी मनाइॅंदैछ। सबै शक्तिपीठहरूमा मानिसहरूको घुॅंइचो छ। अधिकांश शक्तिपीठहरूमा आज बलि दिने परम्परा शुरू हुन्छ। भुॅंइचालोको झट्काले मानिसहरू भयभीत छन्। धादिङ जिल्लाका ज्वालामुखी गाउॅं पालिकाका अध्यक्ष यमवाथले गाउॅंको दुई नम्बर वार्डका केही घरहरू भुॅंइचालोले क्षति पुगेको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement