खरसाङ: मणिपुरको भयानक पैह्रोमा परी सेनाको जवानहरूको अकालमै मृत्यु भई शहिद बनेकोमा एनएफ रेलवे इम्प्लोइज युनियन तीनधारे शाखाद्वारा गहिरो शोक प्रकट गर्दै श्रध्दाञ्जली सभा गरेका छन्। एनएफ रेलवे इम्प्लोइज युनियन तीनधारेका सभापति कुमार भुजेल अनि शाखाका मूल सचिव बिराज प्रधानले गहिरो शोक प्रकट गर्दै ती पैह्रोमा परी ज्यान गुमाउने भारतीय सेनाका जवानहरू जो शहिद बने, उनीहरूका मृत आत्माले स्वर्गमा बास पाउन साथै शान्ति पाउन भनी कामना गरेका छन्। ती शहिदहरूको पिड़ीत परिवारहरूलाई यस दुःखद घड़ीमा शहन गर्ने शक्ति पाउन भनी समबेदना प्रकट गरेका छन् भनी रेलवे कर्मचारी एंव एनएफ रेलवे तीनधारे शाखाका कार्यकारिणी सभापति नरेन बम्जनले जानकारी दिएका छन्।










