पुलिस स्मृति दिवसमा बलिदानी पुलिसकर्मीहरूलाई दिइयो श्रद्धाञ्जली

1-678-1.jpg

गुवाहाटी: असम पुलिसले पुलिस स्मृति दिवस मनाएको छ। यस अवधि बलिदानी पुलिसकर्मीहरूलाई श्रद्धाञ्जली अर्पित गरियो। यस अवसरमा राज्यपाल गुलाब चन्द कटारिया, असमका मुख्य सचिव पवन कुमार बरठाकुर, पुलिस महानिदेशक जीपी सिंहसहित अन्यहरू उपस्थित थिए।

कार्यक्रमको शुरूमा पुलिस महानिदेशक जीपी सिंहले पुलिस स्मृति दिवसको महत्वमाथि प्रकाश पारे अनि देशको निम्ति आफ्नो प्राणको बलिदान दिने पुलिसकर्मीहरूलाई श्रद्धाञ्जली अर्पित गरे। उनले २१ अक्टोबर, १९५९ को ऐतिहासिक घटनाको उल्लेख गरे जब केन्द्रिय पुलिस बलका दश बहादुर जवानले लद्दाखमा चीनी सेनाको हमला विरूद्ध बहादुरीका साथ लडाई लडेका थिए अनि सर्वोच्च बलिदान दिएका थिए। त्यस दिनपछि हरेक साल २१ अक्टोबरको दिन देशभरि पुलिस स्मृति दिवस पालन गरिन्छ।

आज आयोजित कार्यक्रममा पुलिस कर्मीहरूले औपचारिक बन्दूक फाइरिङको माध्यमले यी बलिदानीहरूलाई आफ्नो सम्मान दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement