सुनाखरी साहित्य समूबद्वारा अनलाइन साहित्यिक कार्यक्रम सम्पन्न

IMG-20220717-WA0133.jpg

खरसाङ: नेपाली साहित्यलाई थप टेवा दिन साथै खरसाङ क्षेत्रका नवोदित सर्जकहरूलाई मार्गदर्शन दिनलाई र साहित्य लेखनकला सबैले सिक्न सकोस्‌ भनेर खरसाङ क्षेत्रका नारी समूहले अनलाइन कार्यक्रम शुरु गरेका छन्‌। उक्त अनलाइन कार्यक्रमलाई सुनाखरी साहित्य समूह नामकरण गरेर कार्यक्रम थालिएको छ। उक्त समूहले भानु जयन्ती पनि सम्पन्न गरेका छन्‌। उक्त अनलाइन कार्यक्रममा रामायण पाठ, कविता, मुक्तक, गजल साथै भानुभक्त रामायणको विभिन्न श्लोकहरू र छन्दहरू पठन गरेका थिए। कार्यक्रममा सबैले आ-आफ्नो वक्तव्यहरू पनि राखेका थिए। भानुभक्त आचार्यलाई साक्षी राख्दै गठन गरिएको उक्त समूहमा तारा छेत्री, सरोजनी देवान, द्वारिका छेत्री, विष्णु ठकुरी, ललिता शेर्पा, निर्जला घिसिङ, मिना लामा, रचयिता छेत्री, ग्याल्पो लामा, नितेस राई, देविका मंग्राती राई आदि रहेका छन्‌। नयाँ सोच लिएर साहित्यलाई टेवा दिनलाई सबैले साथ र सहयोग गर्दै निःस्वार्थ भावले कार्य गर्ने वचन दिएको देविका मंग्राती राईले जानकारी गराएकी छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement