जेपी नड्डाले गरे दुर्गापूजा पण्डालमा पूजा-अर्चना

20231021074.jpg

काेलकाता: देवी दुर्गाको भव्य आराधनामा डुबेको पश्चिम बंगालमा भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा पनि शनिवार पुगे। कोलकाता हवाईअड्डामा उत्रेपछि नड्डालाई पारम्परिक ढाकको थापले स्वागत जनाइयो।

प्रदेश भाजपा अध्यक्ष सुकान्त मजुमदार, नेता प्रतिपक्ष शुभेन्दु अधिकारी सहित पार्टीका अन्य नेताहरूले उनलाई स्वागत गरे।

यहाँदेखि उनी हावड़ाको एक पूजा पण्डालमा पुगे। उनले पार्टी नेताहरू क्रमैले सुकान्त मजुमदार, शुभेन्दु अधिकारी औ अग्निमित्रा पालको पूजा पण्डालमा देवी दुर्गाको आरती गरे। त्यसपछि मीडियासिता बातचित गर्दै नड्डाले भने, पश्चिम बंगालका मानिसहरू विश्वलाई एउटा दृष्टिकोण दिनमा सबैभन्दा अगाड़ि छन्। म प्रार्थना गर्छु कि यस भूमिमा सकारात्मक शक्तिहरूलाई अझ थप शक्ति प्राप्त होस् ताकि समाजको मंगल होस् तथा सबैको साथ, सबैको विकास, सबैको विश्वासलाई सफल बनाउन सकोस्। यहाँदेखि उनी न्यू मार्केट सर्वजनिन औ शोभा बजार दुर्गा पूजा मण्डपमा पनि पुगे।

प्रदेश भाजपाद्वारा बताइएको छ, जनसम्पर्क अन्तर्गत पार्टी अध्यक्षले राज्यका अन्य दुर्गा पूजा पण्डालहरूको पनि भ्रमण गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement