[दशैं विशेष] नौरथा र नौ

IMG-20231021-WA0194

शून्यदेखि नौसम्मका प्राकृतिक अङ्कलाई ९-ले गुणा गर्दा निस्कने संख्या जोड़े ९ नै हुनाले पूर्णताको प्रतीक मानिन्छ-

२ × ९ = १८ (१ + ८ = ९)

३ × ९ = २७ (२ + ७ =९)

९ × ९ = ८१ (८+ १ = ९)

उपनिषद्ले परमात्मा र जीवात्मालाई पूर्णतत्त्व मानेजस्तै रामको आध्यात्मिकता सिद्ध गर्न नवमीमा जन्मेको देखाए। लोकले यसैलाई स्वीकारे। लोकोक्ति छन्- नौतारा देख्नु (झसङ्ग हुनु), नौ दो ग्यारह होना (भाग्नु), To go the whole nine yards (सम्भावना; प्राप्ति), A cat has nine lives (काम फत्ते गर्नु), To be on cloud nine (गजक्क पर्नु), Found true 9 out of 10 times (जीत; अनुमोदन)। साहित्यमा यता नवरस मानिए- शृङ्गार, हास्य, करुण, रौद्र, वीर, भयानक, वीभत्स, अद्भुत र शान्त। उता दाँते (Dante)-ले Divine Comedy-मा देखाए नर्कका नौ वृत्त (Nine circles of hell). यता राजनारायण प्रधानले लेखे ‘नौ नामी नेता’, उता Dorothy L. Sayers-ले लेखिन् The Nine Tailors (1934). गिरीले लेखे ‘नौ लाख तारा उदाए’, गाए अम्बरले।

ज्योतिषका नवग्रह हाम्रा सुखदु:खका प्रभावकर्ता मानिए। शैवले शिवालाई शिवका नौ शक्ति माने, वैष्णवी कथाले रामलाई नवमीमा जन्मेको देखाए। शाक्तले सोझै शक्ति पूजा गरे। 

वैशेषिक दर्शनमा नौ द्रव्य छन्- पृथिवी, आप, तेज, वायु, आकाश, काल, दिक्, आत्मा र मन। व्यक्ति र समाजलाई मनपर्ने थोक नवरत्न (nine jewels)। नौ मासे गर्भधारणाबा बनेकी ‘माता सदा वन्दिता’। नौरथा (नवरात्रि)-मा देवीदुर्गाका नवरूप पुजिन्छन्- ‘या देवी सर्वभूतेषु सृष्टि रूपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।’ 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *