दार्जीलिङ: दार्जीलिङ पार्वतीय क्षेत्र र सिक्किममा पयर्टकहरूको ध्यान आकर्षण कसरी गर्न सकिन्छ साथै पर्यटन उद्योगलाई दह्रिलो बनाउने पहलको मांगमा जीटीएको सभासद एंव हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सले केन्द्रीय पयर्टन मन्त्री जी किशन रेड्डीलाई पत्रचार गरेका छन्। उक्त पत्रको प्रतिलिपि पयर्टन विभाग, पश्चिम राज्यको पयर्टन सचिव, पश्चिम बंगाल राज्यको पयर्टन विभागीय निर्देशक एंव पयर्टन विकास करपोरेशन लिमिटेड, जीटीएको पयर्टन विभागीय निर्देशक आदिलाई पठाइएको जानकारी गराइएको छ। सभासद अजय एडवार्डले आफ्नो पत्रमा टिस्टा बाढपछि पश्चिम बंगाल राज्यको दार्जीलिङ पार्वतीय क्षेत्र र सिक्किम राज्यको पर्यटक उद्योगमा धेरै प्रभाव परेको छ।त्यसकारण यस विषयमाथि पयर्टन मन्त्रालय लगायत विभागको पक्षबाट उचित पहल गर्न अति नै अनिवार्य रहेको बताएका छन्। गत केही दिन अघि सिक्किम राज्य लगायत दार्जीलिङ, कालेबुङको विभिन्न क्षेत्रमा बाढको कारणले क्षति पुराएको छ साथै सिक्किम दार्जीलिङ, कालेबुङलाई जोड्ने राष्ट्रीय राजमार्गलाई पनि धेरै क्षति पुराएको थियो। यी विषयहरूलाई लिएर पयर्टकहरूमा गलत धारण एंव सन्देशहरू गएको छ।सिक्किम राज्यको उत्तर र पूर्वको जिल्लाहरूमा बाढले प्रभावित परेको थियो। बाँकी सबै क्षेत्रहरू सुरक्षित छन् अनि पयर्टकहरू पनि आईरहेका छन। गान्तोक, दार्जीलिङ, कालेबुङ जिल्लाहरूलाई जोड्ने राष्ट्रीय राजमार्गमा प्रभाव परेको भएता पनि अहिले सञ्चालन भईरहेको छ। यात्रीहरू सुरक्षितसँग यात्रा गरिरहेको छ। स्थानीय अधिकारीहरूले प्राकृतिक प्रकोपको समयमा कसरी काम गर्न सकिन्छ भन्ने विषयलाई राम्रोसँग ध्यान गरेको छ अनि रात दिन संघर्ष गरेर यात्रीहरूको यात्रालाई सुरक्षित बनाउने कार्य हरू गर्दै आईरहेका छन्।दार्जीलिङ पार्वतीय क्षेत्र लगायत सिक्किम राज्यको आर्थिक स्रोतहरूमध्ये पयर्टन उद्योग पनि एउटा हो। त्यसकारण दार्जीलिङ पार्वतीय क्षेत्र लगायत सिक्किमको पयर्टन उद्योगलाई अझ दह्रिलो बनाउने दिसामाथि पहल गरिनु पर्ने सभासद एडवाडर्सले सम्बन्धित मन्त्रालय लगायत विभागीय अधिकारीहरू समक्ष मांग गरेका छन्। दार्जीलिङ पार्वतीय लगायत सिक्किम एक पार्वतीय क्षेत्र भएको हुनाले यहाँको स्वच्छ जलवायु साथै प्राकृतिक मनमोहक दृश्यहरू छन् जसले देश विदेशहरूबाट घुम्न आएका पयर्टकहरूको मनलाई शान्ति र आनन्द दिने काम गर्नेछ। पत्रमा सभासद एडवाडर्सले दार्जीलिङ पार्वतीय क्षेत्र लगायत सिक्किमको पयर्टन उद्योगलाई अघि बढाउन प्रचार प्रसार आदि जस्ता विषयहरूको अति नै जरूरी रहेको जानकारी पनि गराएका छन्।