सोनादामा सांस्कृतिक शोभा यात्रा आयोजित

IMG-20231021-WA0272.jpg

सोनादा : गोर्खा सांस्कृति संरक्षण समिति सोनादाको आयोजनामा फूलपाती शोभायात्रा समारोह सम्पन्न भएको छ। यस अवसरमा सांस्कृतिक शोभा यात्रा पनि निकालिएको छ। उक्त शोभायात्रा सोनादाको रेलवे स्टेशनदेखि शुरु भएर सोनादा बजार परिक्रमा गरी भालुटार खेल मैदानमा पुगेर समाप्त भएको छ। यस अवसरमा भालुटार खेल मैदानमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भएको छ। उल्लेखनीय छ गोर्खा सांस्कृति संरक्षण समिति सोनादा यसपाली ५० वर्ष पुगेको छ।

यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै समितिको सचिव जइन्द्र जेनियमले विस्तृत रूपमा जानकारी गराउँदै यसपाली सोनादा संस्कृति संरक्षण समितिको ५० वर्ष पुगेकोमा स्वर्ण जयन्तीसितै यसपाली सोनादामा सानो रूपमा भए पनि फूलपातीको शोभायात्रा निकालिएको बताएका छन्। उनले दशैंको अवसरमा सबैलाई शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement