जीवन दर्शन कृतिको विधिवत् विमोचन

IMG_20220717_183427.jpg

मङ्पूः जीएल चामलिङद्वारा लिखित ‘जीवन दर्शन’ नामक केही लेख केही कविता कृतिको विमोचन विधिवत रुपमा गरियो।
लेखक मङ्पू सिम्ले धुरा निवासी सरोजिनी स्मारक प्राथमिक पाठशालाका भूतपूर्व प्रधान अध्यापक हुन्। लेखकको निज वासस्थानमा यस पुस्तकको विधिवत विमोचन गरियो। श्री सत्य साई बाबाको तस्विर अघि दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुरू गरिएको थियो। यस विमोचन कार्यक्रममा उपस्थित सबैलाई आयोजकको पक्षबाट आशिष चामलिङले स्वागत जनाउँदै पुस्तक तयार पार्नमा भूमिका लेखिदिने डा. मोहन पी दाहाल, अभिनन्दनका दुई शब्द लेखिदिने डा. रेमिका थापा अनि पुस्तक तयार पार्नमा सहयोग पुयाउने उपमा प्रकाशकका उमेश उपमाप्रति आभार व्यक्त गरे। सभापति एसएम राई, प्रमुख अतिथि एएम राई, सरोजिनी स्मारक प्राथमिक पाठशालाका भूतपूर्व प्रधान अध्यापक रवि राई, लेखक जीएल चामलिङ, लेखकको पत्नी मिरा राई, सतिस चामलिङ, गजलकार सुवास श्रेष्ठ, अमिर बस्नेत, सुरेश श्रेष्ठ, रवि राई, सूर्यमणि राई, पवन बल, सीके राई, एनपी राई, हेमचन्द्र राई, प्रणय राई, कृति प्रकाशक श्रद्धा चालिङ आदिको बाहुलीबाट कृति जीवन दर्शनको विधिवत् रूपमा विमोचन गरियो। पुस्तक विमोचनपछि गजलकार सुवास श्रेष्ठले उक्त कृतिको विषयमा आफ्नो गहकिलो सम्भाषण राखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement