मुख्यमन्त्रीले दिए राज्यपाललाई दुर्गा पूजाको बधाई एवं शुभकामना

n5493693261697892939354b3c431b534713f23ae4caf386285143df34e20c5cba1e28db348a87d5132fd2a.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा भेट गरेर दुर्गा पूजाको बधाई एवं शुभकामना व्यक्त गरे। यसावधि मुख्यमन्त्रीले राज्यपालको सुस्वास्थ्य एवं खुशीको कामना गरे।

मुख्यमन्त्रीले राज्यपाललाई बाढी प्रभावित मानिसहरूको निम्ति राज्य सरकारले राहत एवं उद्धार तथा पुनर्वासको निम्ति चलाइरहेको पहलहरूको जानकारी गराए।

राज्यपालले मुख्यमन्त्रीलाई दुर्गा पूजाको बधाई एवं शुभकामनाको निम्ति धन्यवाद दिए। दुर्गा माताले सिक्किमेहरूलाई यो आपदाको सामना गर्न र पहिलेभन्दा अझ बलियो बनेर फर्किआउन आशीर्वाद दिउन् भनी उनले कामना गरे।

About Author

Advertisement