सिक्किम आर्म पुलिसले मनायो पुलिस स्मृति दिवस

n54936932416978927783189adbe78e46390d1e04b5dd8b5056cff22b98c776dea55809223646b38480a5e3.jpg

गान्तोक: सिक्किम आर्म पुलिस (एसएपी) ले आज पाङथाङस्थित एसएपी खेलमैदानमा पुलिस स्मृति दिवस मनायो। यस अवसरमा सिक्किम पुलिसका महानिदेशक एके सिंह मुख्य अतिथि थिए। कार्यक्रममा सिक्किम पुलिसका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति थियो।

पुलिस स्मृति दिवस हरेक साल २१ अक्टोबरका दिन देशव्यापीरूपमा मनाउने गरिन्छ। शहीद पुलिसकर्मीहरूको ोगदानको सम्झाना गर्न र उनीहरूलाई श्रद्धाञ्जली अर्पण गर्न सो दिवस पालन गरिनछ।

यस अवसरमा पुलिस अधिकारीहरूले शहीद वेदीमा दीप जलाएपछि पुष्पाञ्जली अर्पित गरे। शहीदहरूको सम्मानमा गार्ड अफ् अनर पनि दिइएको थियो।

About Author

Advertisement