कोलकाताः पश्चिम बंगाललाई शक्तिको भूमि भनिन्छ। यस कारण यहॉंको मॉं दुर्गाको आराधना विश्व प्रसिद्ध रहेको छ। नारी शक्तिको सशक्तिकरणको प्रतीक देवी दुर्गाको आराधना राज्यमा भव्यरूपमा भइरहेको छ, तर कामदुनीमा एक युवतीको सामूहिक दुष्कर्मपछि निर्मम हत्याको मामिलामा तल्लो अदालतद्वारा दोषी ठहराइएका आरोपितहरूलाई हाई कोर्टले छोडिदिएपछि पूजाको आनन्दमा कमी देखिएको छ।
कामदुनी मामिलामा कलकत्ता हाईकोर्टको फसेलाप्रति ग्रामीणहरूले आक्रोश व्यक्त गरेका छन्। सुप्रीम कोर्टले पनि कामदुनीको याचिकाहरूमा तत्काल रेस्पोन्स त गऱ्यो, तर आरोपितहरूमाथि केवल केही शर्तहरू लगाएका छन्। यस बीच षष्ठीको बिहान एकपल्ट फेरि कामदुनी काण्डमा न्यायका लागि मुहिम चलाउने मौसमी, टुम्पा, मास्टरमशाई र अन्य ग्रामीणहरू एकपल्ट फेरि कामदुनीमा एकत्रित भए।
घटना भएको १० साल पूरा भइसकेको छ, तर राज्यको उच्च न्यायालयको फसेला न्यायको निम्ति संघर्ष गर्नेहरूको निम्ति निशाराजनक साबित बनेको छ। कामदुनीकी प्रदशनकारी मौसमी कयालले यो दुर्गा पूजामा पहिलेको सरह आनन्द नरहेको बताइन्। उनले हाई कोर्टको फसेलाले मनको भरोसा उठेको छ भन्दै सुप्रीम कोर्टबाट पनि अपेक्षित न्याय प्राप्त नभएको बताए।
-हिस