राजनीतिको अखाडा बनिरहेको छ दुर्गा पूजा

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः पश्चिम बंगालको दुर्गा पूजा केवल राज्यको सांस्कृतिक पहिचान नभएर राजनीतिक दलहरूको निम्ति जनसम्पर्कको पनि माध्यम बनिरहेको छ। प्रतिद्वन्दी राजनीतिक दल तृणमूल कांग्रेस र भाजपाले यस अवसरको उपयोग २०२४ को लोकसभा चुनाउअघि राजनीतिक प्रभाव बढाउनको निम्ति गरिरहेको छ। दुवै दल जनतासित सम्पर्क गर्नको निम्ति जुटेका छन् र राज्यको चुनावी परिदृश्यमा धर्मलाई विमर्शको विषय बनाउने प्रयास गरिरहेका छन्।

दुवै दलले वार्षिक पूजा समारोहलाई मानिसहरूसम्म पुग्ने अवसरको रूपमा हेरिरहेको छ भने मानिसहरूसम्म आफ्नो सन्देश पुऱ्याउन व्यापक रणनीति तयार गरिरहेका छन्। आफ्नो परम्परालाई जारी राख्दै सत्ताधारी तृणमूलले विभिन्न सामुदायिक पूजाको निम्ति अनुदान घोषणा गरेको छ। पार्टीमाथि सरकारी खजनाको मद्दत लिएर धार्मिक भावनालाई भड्काउने काम गरिरहेको आरोप पनि लागिरहेको छ। तृणमूलले जनतासिॅंग जोडिन विभिन्न पूजा पण्डालहरूमा बुक स्टल, स्वास्थ्य शिविर स्थापित गर्ने पहलहरू गरेका छन्।

भाजपाले पनि राज्यमा विभिन्न सामुदायिक पूजाको उद्घाटन गर्न केन्द्रिय मन्त्री अमित शाह र भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई उतारेको छ। राज्य सरकारको मद्दतबाट वंचित ४०० भन्दा धेरै पूजा समितिहरूलाई पहिलोपल्ट वित्तीय सहायता पनि दिएको छ।

-हिस

About Author

Advertisement