११ दिनपछि आज फेरि शुरू भयो मिताली एक्सप्रेस

1048846-mitali1-jpg-970__545-_1200x768.jpeg

सिलगढ़ी: सिलगढ़ी एनजेपी देखि बांग्लादेशको ढाका शहर जाने अन्तरराष्ट्रिय मिताली एक्सप्रेस, ११ दिनपछि आज फेरि शुरू भएको छ। आज यो ट्रेन सबैभन्दा अधिक १३० यात्रीहरूलाई लिएर एनजेपी स्टेशनदेखि हल्दीबाड़ी अन्तरराष्ट्रिय स्टेशन हुँदै ढाका केन्टोनमेन्ट स्टेशनको निम्ति प्रस्थान भयो।

वस्तुतः ईद-उल-जुहाको अवसरमा ६ जुलाईदेखि मिताली एक्सप्रेस ट्रेनको सेवा अस्थायी रूपमा बन्द गरिएको थियो। यो ट्रेन बांग्लादेशबाट अन्तिम पल्ट पाँच जुलाईको दिन आएको थियो। त्यस दिन यो ट्रेन १२० यात्री लिएऱ खालपाड़ामा अन्तरराष्ट्रिय सीमा नाघेर हल्दीपाड़ी स्टेशन पुगेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement