सिलगढी: दसैंको मुखमा पूजा बोनस पाएनन्।चियाकमानको मालिकले बागानमा ताला लगाएर भागे। चिया बागान खोल्न आयोजना गरिएको त्रिपक्षीय बैठकमा पनि मालिक पक्ष अनुपस्थित थिए। यो घटना अलिपुरद्वारको राईमाताङ चिया बगानको हो। यस कमानका मजदुरहरूले आज सिलगढीमा बागवानी मालिकको घर घेराबन्दी गरेर विरोध प्रदर्शन गरे। तृणमूल मजदुर संगठनहरूले छिट्टै समाधान नभए ठूलो आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।