मालबजार: देश स्वतन्त्र भएको १० वर्षअघिदेखि नै ओदलाबारी डिपोपाडाको दुर्गा पूजा विसं १९३७ देखि हुँदै आएको छ। यसपटकको दुर्गा पूजालाई हर्षोल्लासका साथ डुंगाको धर्तीमा भव्य रुपमा मनाइँदैछ। शुक्रबार राति ८ बजी ओदलाबारी डिपोपारा युनियन क्लबले आयोजना गरेको सार्वजनिक दुर्गा पूजा पण्डलको ओदलाबारी ग्राम पञ्चायतकी प्रमुख मौमिता घोषले रिबन काटेर उद्घाटन गरेकी हुन्। सो अवसरमा समाजसेवी सुकान्त चौधरी, आयोजक कमिटीका सचिव तमाल घोष, इन्द्रनिल मित्र, अध्यक्ष शान्तनु चक्रवर्ती लगायतको उपस्थिति रहेको थियो। क्लबका अध्यक्ष शान्तनु चक्रवर्तीले हरेक वर्ष डिपोपाडाको दुर्गा पूजा सबैभन्दा फरक र आकर्षक हुने बताए। यस वर्ष पूजाको बजेट करिब आठ लाख रुपियाँ छ। मैनागढीका कारीगरहरूले बाँस र काठबाट डुङ्गाको भव्य पण्डल बनाएका छन्, जसलाई भक्तजनले निकै रुचाइरहेका छन्। नवमीको अवसरमा रंगारंग सांगीतिक सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ। यसै दिन ओदलाबारी विधानपल्ली दक्षिण ओदलाबारी मालबजार शहरका धेरै ठाउँमा दुर्गा पूजा मण्डलको उद्घाटन गरिएको छ।