दार्जिलिङ: दार्जिलिङ पहाड़को बन्द चियाबारीहरू क्रमैले पेसोक, रङ्गमुक सिडर्स, मुण्डा कोठी, चुङथुङ, पाण्डाम, मगरजुङ, अम्बटे आदिमा आज चेयरम्यान रिलिफ फण्डबाट राहत राशि वितरण चलिरहेको छ। बन्द रहेको ७ वटा चियाबारीका श्रमिकहरूलाई चेयरम्यान रिलिफ फण्डको रकमबाट श्रमिकहरूलाई दिइने राहात राशि लिएर डेपुटी चेयरम्यान राजेश चौहान, सभासद जितेन राई, कार्यकारी निर्देशक साम्देन डुकपा विभिन्न चियाबारीमा पुगेका छन्। जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको अगुवाईमा यी सातवटा बन्द चियाबारीहरूमा दशैंको बोनसको रूपमा वितरण गरिएको छ। उक्त राशि अन्तर्गत बन्द चियाबारीका एकजना श्रमिकलाई ४ हजार गरेर आज वितरण गरिएको छ। यस राहत राशि प्राप्त गरेपछि बन्द चियाबारीका श्रमिकहरूले खुशी व्यक्त गरेका छन्।

श्रमिकहरूले दशैंको बेलामा हाम्रो बन्द चियाबारीमा यसरी कोविडको समयमा उठाएको रिलिफ फण्ड सुरक्षित राखेर आज वितरण गरिदिएकोमा जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन् भने भविष्यमा राम्रो मालिकलाई सञ्चालनमा दिएर हाम्रो बगान सुचारू रूपमा सञ्चालन भएको होस् भनी बताएका छन्।