राजस्थान: भाजपा उम्मेदवारहरूको दोस्रो सूची जारी

IMG-20231021-WA0210.jpg

जयपुर: भाजपाले राजस्थान विधानसभा चुनावका लागि उम्मेदवारहरूको दोस्रो सूची जारी गरेको छ। जसमा ८३ जना उम्मेदवारको नाम समावेश छ। दोस्रो सूचीमा पूर्व मुख्यमन्त्री वसुन्धरा राजेलाई टिकट दिइएको छ। यसबाहेक कांग्रेसबाट भाजपामा प्रवेश गरेकी ज्योति मिर्धाको नाम पनि समावेश छ। राजस्थानमा नोभेम्बर २५ मा मतदान हुँदैछ। यसका लागि सत्तारुढ कांग्रेस र विपक्षी दल भाजपाबीच प्रत्यक्ष प्रतिस्पर्धा छ। कांग्रेसमाथि भाजपाले अग्रता कायमै राखेको छ। कांग्रेसको पहिलो नामावली अझै नआएको र भाजपाले उम्मेदवारको दोस्रो सूची सार्वजनिक गरेको छ। भाजपाको दोस्रो सूचीमा धेरै पार्टीका दिग्गजहरूको नाम समावेश छ। आमेरबाट सतीश पुनिया, नागौरबाट ज्योति मिर्धा, झालरापाटनबाट वसुन्धरा राजेलाई टिकट दिइएको छ। बीकानेर पूर्वबाट सिद्धि कुमारी, सुरजगढबाट सन्तोष अहलावत, अजमेर दक्षिणकी अनिता भदेल, अजमेर उत्तरबाट वासुदेव देवनानीको नाम समावेश छ। जयल सिटबाट मञ्जु बाघमार, मकरानाबाट सुमिता भिन्चार, सोजनबाट शोभा चौहान, राजसमन्दबाट दीप्ती महेश्वरीको नाम समावेश छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement